June 23, 2017, 9:16 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

नेविसंघ बन्दसत्र फेरि सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र सुरु नहुँदा अन्यौलता बढेको छ। सोमबार उद्घाटन भएको ११ औँ महाअधिवेशन मंगलबारसम्मका लागि स्थगित गरिएको थियो। आकांक्षी र प्रतिनिधि व्यवस्थापन नमिलेपछि बन्दसत्र बुधबार १२ बजेसम्का लागि स्थगित भएको छ।

राजधानीको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलबाहिर दिनभर देशभरबाट आएका नेता कार्यकर्ता सानासाना समूह बनाएर गफमा व्यस्त रहे। बन्दसत्र हुनुपर्ने हल र भृकुटीमण्डप परिसर सुनसमन रह्यो। मञ्च र कुर्सी खाली देखिए।

नयाँ नेतृत्वका आकांक्षी व्यवस्थापन र प्रतिनिधि चयनकै विवाद नटुङ्गिँदा कार्यकर्ता अलपत्र अवस्थामा छन्। सुरक्षाकर्मीहरु परिचालित छन्।

मंगलबार दिनभर कार्यकर्ताहरु बेलाबेला जुर्मुराए र आफ्ना नेताको पक्षमा नाराबाजी गरे। साँझ परेपछि बन्दसत्र स्थगितको सूचना पाएपछि भने उनीहरु बाटो लागे।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार