June 23, 2017, 9:18 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

प्रधानमन्त्रीलाई बधाई दिँदै ओलीले हात मिलाए

काठमाडौं  नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले बिहिवार राष्ट्रपतीबाट पद तथा गोपनीयताको सपथ लिए । शीतलनिवासमा आयोजित समारोहमा उनले सपथ लिएपछिका केही दृश्य रमाइलो भेटिए ।

 

 

सपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्री प्रचण्डको हाउभाउले त्यहाँ उपस्थित फोटो पत्रकारहरुको ध्यान खिच्यो । प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका थिए ।

 

ओली तुलनात्मक रुपमा नरम भएपनि प्रचण्ड ओली विरुद्ध बढी नै खनिदै आएका थिए । तर, सपथ ग्रहण कार्यक्रममा दुवै शालीन शैलीमा प्रस्तुत भए । शपथग्रहण कार्यक्रम सकिए लगत्तै केपी ओलीले प्रचण्डलाई हेरे र हात मिलाउन अघि बढे । दुवैले हात मिलाएपछि एकआपसमा निकैबेर कानेखुशी समेत गरे । 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार