June 24, 2017, 4:06 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

मन्त्रीको भागबण्डा नमिलेपछि कांग्रेसमा बबण्डर

काठमाडौं । सरकारमा सहभागी हुने नेताहरुको चयन प्रक्रियालाई लिएर नेपाली कांग्रेसमा तिव्र असन्तुष्टि बढेको छ । सभापति शेरबहादुर देउवा निकट नेताहरुबीच नै विवाद देखिएको छ । कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु सरकारमा सहभागीताको विषयमा छलफल नगरेको भन्दै सभापतिसँग असन्तुष्ट बनेका छन् ।
 
पौडेल पक्षका नेता शेखर कोइरालालाई सरकारमा लैजाने तयारी भएको भए पनि अन्तिम समयमा आएर उनी पनि नजाने निर्णय सभापतिलाई सुनाएका थिए । सभापति देउवा निकट मानिएका नेता अर्जुन नरसिँह केसीले गृह मन्त्रालय नपाएको भन्दै सरकारमा जान मानेनन् । उनलाई सपथका लागि खबर गरिएको भए पनि अन्तिम समयमा उनले आफूले चाहेको मन्त्रालय नपाएको भनेर सपथ ग्रहण गरेनन् ।
 
त्यसैगरी देउवा निकटका नेताहरू बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, प्रकाशरण महत लगायतका नेताहरु पनि सरकारमा सहभागी नगराएको भन्दै असन्तुष्ट देखिएको कांग्रेसका एक नेताले बताए । “सरकारमा पठाउने नेताहरूका बारेमा सभापतिले छलफल नै गर्नुभएन,” कांग्रेस नेता रामचन्द्र पौडेलले भने,“अब के गर्ने भन्नेबारेमा थप छलफल गर्दैछौं ।”
 
कांग्रेस सांसद रामहरी खतिवडाले पनि सरकारमा सहभागी हुनेहरुका बारेमा एउटा क्राइटेरिया बनाउनुपर्ने बताए ।
उनले पार्टीमा देखिएको असन्तुष्टिका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाउनुपर्ने माग गरे ।
“सरकारमा सहभागिताका विषयलाई लिएर पार्टीमा केही असन्तुष्टि देखिएको छ,” उनले भने,“यस बारेमा छलफल गर्न अब संसदीय दलको बैठक बोलाउनुपर्छ । मेरो र तेरो भन्दा पनि एकताको सन्देश दिने गरी सरकारमा सहभागि गराउनुपथ्र्यो ।”





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार