June 24, 2017, 4:07 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

वैद्य माओवादीको चुनावी मोर्चा बनाउने तयारी

काठमाडौँ । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीले अव हुने चुनावमा भने भाग लिने भएको छ।

त्यसका लागि छुट्टै मोर्चा बनाउने तयारीमा नेताहरु जुटेका छन्। ‘आगामी भदौ २७ र २८ गते काठमाडौंमा भेला बोलाएका छौं, त्यसै भेलाले मोर्चाको नाउँ तय गर्नेछ’, कार्यालय सदस्य हरिभक्त कँडेलले भने।

मोर्चाको नेतृत्व सीपी गजुरेल र परी थापाले गर्ने तयारी छ। यी दुवै नेता कार्यालय सदस्य हुन्।

तत्कालीन नेकपा एकता केन्द्रले संयुक्त जनमोर्चा नेपालको नामबाट ०४८ बाट संसदीय चुनावमा भाग लिदै आएको थियो भने अहिले पनि मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसालले राष्ट्रिय जनमोर्चामार्फत चुनावमा भाग लिदै आएको छ।

रामबहादुर थापा ‘बादल’ समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीसँग एकता गरेपनि किरण समूह एकीकरणमा गएको छैन्।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार