June 23, 2017, 9:18 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए जान्नँ’: गच्छदार

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय नपाए सरकारमा नजाने भएको छ। उक्त पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले बिहीबार यस्तो बताएका हुन्।
 
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सरकार सबै पार्टीका लागि महत्वपूर्ण हुने तर उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाएको अवस्थामा आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका हुन्। उनले सरकारमा सम्मानजनक सहभागिताका लागि आफूले पहल गरिरहेको बताए। 
 
फोरम लोकतान्त्रिकले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने आशमा अन्तिम समयमा ओली नेतृत्वको सरकार छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भोट दिएको थियो। फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सरकारमा आफैं सहभागी हुनका लागि उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय चाहिने बताए।
 
गणतन्त्र प्राप्तिपछि अन्तरिम मन्त्रिपरिषदलाई छोडेर सात वटा सरकार बनेकामा गच्छदार चार वटा सरकारमा सहभागी भइसकेका छन्। 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार