ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो: अनिल झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।

आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने,“मैले पहिले पनि भनेको छु, आज पनि भन्छु संघीयता, समावेशी/समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ।” 

आयोजित साक्षात्कारमा उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि विश्वास दिलाए । उनले भने,“प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ ।”

खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो । त्यस्तै उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माँग गरे ।

उनले भने,“हामीले त सर्वदलीय बैठकमा पनि भनिदिऔं कि तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं, प्रदेश प्रमुखको नियुक्ती, मिति तोक्ने विषयमा छलफल भएको थियो । हामीले त बडा प्रष्ट रुपमा भनिदिएका थियौं कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएन नि।” सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो ।

उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको पनि जिकिर गरे । यद्धपी उनले समर्थन दिने अवस्था बन्न सक्नेतर्फ संकेत गरे । उनले भने,“राजपा नेपाल सरकारमा जाने जनादेश छ्रैन् । अहिलेको हाम्रो मत भनेको फोरमसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने र संविधान संशोधनको लागि र मधेश आन्दोलनका एजेण्डाहरुलाई पूरा गराउन संघर्ष गर्ने हो, जनताले यीनै दुई वटा काम गर्नको लागि हामीलाई जनादेश दिएका हुन्।”

प्रदेश नम्बर २ को राजधानी जनकपुर कि वीरगञ्ज बनाउने तपाईहरुको के छ विचार भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,“राजपा र फोरमको बहुमत हुन्छ । पहिले सरकारले तोक्छ । राजपा विना पनि सरकार बन्छ । यो काम सरकारको हो । दुई तिहाई पुग्ने अवस्था भयो भने हामी तोक्छौं । अहिले त न म सरकार नै हो, न म प्रदेश सभाको सदस्य हुँ ।”

उनले २ नम्बर प्रदेशमा पनि सरकार कसको बन्छ भन्ने प्रश्नमा भने,“हामी प्रयास गरिरहेका छौं । फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो हो । राजपाले हेराफेरी गर्दैन् । राष्टिय तथा प्रदेशको राजधानीमा के कम्पोजिशन बन्छ । त्यही हुन्छ।”


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs