हामी संसदीय व्यवस्थामा विश्वास गर्छौं : नेता कर्ण

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले प्रत्यक्ष निर्वाचित तानाशाही आफूहरुले नस्विकार्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी संसदीय व्यवस्थामा विश्वास गर्छौं, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो, प्रचण्डले आफ्नो विचार राख्दैमा कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान सकिँदैन, हामी ईजरायलको जस्तो प्रत्यक्ष निर्वाचित तानाशाही भोग्ने पक्षमा छैनौं ।’

नेता कर्णले सांसदलाई निलम्बन नगर्ने नियामावली राजपाका सांसद रेशमलाल चौधरीको लागि नल्याईएको जिकिर गरे । उनले भने,‘कमन ल सिस्टममा कसैलाई पक्राउ गर्दैमा अपराधी हुँदैन, कसुर प्रमाणित नभएसम्म उ अभियुक्तमात्र हुन्छ, त्यसैले हामीले अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई अपराधीसरह निलम्बन गर्न हुँदैन भनेर आवाज उठाएको हो।’

प्रतिनिधि सभा सञ्चालन नियामावाली दलहरुबीचको सहमतिमै पारित भएको जानकारी दिँदै नेता कर्णले भने,‘नेपालका नेताहरु एकछिन झगडा गर्छन र अन्तिममा मिल्ने गर्छन यो नै हाम्रो विशेषता हो।’

संविधानमै फरक दल र लिङबाट सभामुख र उपसभामुख हुनुपर्ने भनेर प्रष्ट रुपमा नै किटान गरेकोले अब एउटै पार्टीको सभामुख र उपसभामुख हुन नहुने उनले बताए । उनले भने,‘अहिले एउटै दलबाट सभामुख र उपसभामुख छन्, यो संविधानको व्यवस्था र मर्म विपरित हो, अब दुई मध्ये एकले तत्काल राजिनामा दिएर यस सम्बन्धमा निकास दिलाउनुपर्छ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीको संसदीय दलको नेताको निर्वाचन छिट्टै हुने जानकारी दिए । उनले भने,‘संसदीय दलको नेता हुन म पनि योग्य छु, मेरै प्रबल सम्भावना छ, म हुन्छु।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs