प्रचण्ड र मोहनविक्रम सिंहबिच भेटघाट

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा-मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेट भएको छ। प्रचण्डका राजनीतिक गुरु समेत मानिएका सिंह प्रचण्डलाई भेट्न खुमलटार गएका हुन् । 

अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए। सो क्रममा वाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो।भेटमा नेता सिंहले वामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ। 

भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बाताएका थिए।

भेटमा दुवै नेताहरु राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् । प्रचण्ड र सिंहबिच समसामयीक राजनीतिक, बाम गठबन्धन र सरकार गठनका साथी पार्टी एकताबारे छलफल भएको बुझिएको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs