एमाले-माओवादी कार्यदलको बैठक बस्दै

काठमाडौँ । पार्टी एकता, राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठन लगायत विषयमा मापदण्ड तयार गर्न नेकपा एमाले र माओवादी केन्द्रले बनाएको संयुक्त कार्यदलको बैठक आज बस्दै छ । दुई दलबीच एकीकरण र गठबन्धनका गर्दाका समयमा भएका सहमतिलाई आधार मानेर गृहकार्य गरिरहेको कार्यदलको बैठक बस्न लागेको हो ।

अपरान्ह् बस्ने बैठकमा सरकार गठन र पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी ६०/४० प्रतिशतकै भागबन्डाको विषयमा समेत छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको निर्वाचन, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा ६०/४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका हुन् । यसअघि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए ।

प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो । प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ । ६० / ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुनेछ । प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्डअनुसार एमालेको भागमा ४/४ र माओवादीको भागमा २/२ जना पर्नेछन् । वाम गठबन्धनको संयुक्त कार्यदलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्वार सिफारिस नगर्ने जनाएको छ। कार्यदलले उम्मेदवार छनोटका मापदण्ड र आधार तय गरी नेतृत्वलाई सुझाव दिनेछ।

कार्यदलले उम्मेदवार छनोटका चार आधार यसअघि नै तय गरिसकेको छ । कार्यदलले तयार पारेको मापदण्डका आधारमा सम्वन्धित दलहरुले नै उम्मेद्वार चयन गर्नेछन् । कार्यदलमा एमालेका तर्फबाट सुवास नेम्वाङ्ग, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादीका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs