पेरिसडाँडामा मनाइयो २३ औं जनयुद्ध दिवस

काठमाडौं । २३औं जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले पार्टी कार्यालय पेरिसडाँडामा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सबै नेता तथा कार्यकर्ताको उपस्थिती रहेको छ । उक्त्त कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता वा साम्रज्यवादी कसको पक्ष लिने हो ? भनेर निर्णय गर्न मोहन बैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् ।

विप्लव र वैद्यले दिवा सपना देखिरहेको आरोप लगाउँदै प्रचण्डले सपनाबाट ब्यूझिएर पार्टी एकीकरणको दिशामा आउन अपिल गरे । ‘जनताको धरातलमा उभिएर सपना देख्नुपर्छ, दिवा सपना, सपना नै हुन्छ, विप्लव र बैद्यलाई प्रचण्डले भने रहर र लहडले मात्र क्रान्ति हुँदैन ।’ प्रचण्डले आफ्ना गुरु भनेर चिनिएका मोहन बैद्यलाई कितावमा पढेर र लेखेर मात्र द्धन्दात्मक भौतिकवाद हुन नसक्ने बताए । ‘जीवनमा द्धन्दात्मक भौतिकवाद के हो भन्ने कुराको महसुस गर्नुपर्छ, आफ्ना कुरा नै नराखी जनतासँग भागेर, लुकिछिपि घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवा सपनाबाट व्युझिन म अपिल गर्छु, प्रचण्डले भने ।

सबै कम्युनिष्टहरु एकै ठाउँमा उभिएर मात्र समृद्ध नेपाल र समाजवादको बाटोमा अघि बढ्न सक्ने असाधारण परिस्थिती उत्पन्न भएको भन्दै प्रचण्डले एकतामा आउन विप्लव, वैद्य लगायत सबै कम्युनिष्टलाई आग्रह गरे । ‘तपाईहरु जनताको पक्षमा कि साम्राज्यवादीको पक्षमा ? निर्णय गर्नुस्, सामाज्यवादीलाई फाइदा पुरयाउने खोज्नु हुन्छ भने तपाई जति नै चर्को कुरा गरे पनि जनताको मान्छे होइन, आक्रोस पोख्दै प्रचण्डले भने ।

प्रचण्डले जनयुद्धकै दिन नेकपा एमालेसँग पार्टी एकताको घोषणा भएको हेर्ने रहर भएको पनि बताए । ‘जनयुद्धको दिन नै एकता टुंगोमा पुरयाउन सके खुशीको कुरा हुन्छ, प्रचण्डले भने, ‘सकेसम्म आजै टुंगोस् ।’ तर यसलाई भत्काउन संसारभरीका साम्राज्यवादी र प्रतिकृयाजवादी लागिरहेको पनि प्रचण्डको भनाई छ । समाजवाद निर्माण गर्नका लागि अहिले उपयुक्त अवसर आएको भन्दै प्रचण्डले यसलाई संस्थागत गर्ने, अवसरलाई गुम्न नदिने र बरु त्यसको नेतृत्व लिनु पर्ने बताए ।

नेतृत्व मागेर मात्र नपाइने भन्दै आफ्नो क्षमता र त्यागमा पनि निर्भर रहने उनको भनाई थियो । ‘अव नौलो जनवाद जिन्दावाद होइन, समाजवाद जिन्दावाद भन्ने नयाँ समाजवादी अभियान थाल्नु पर्छ, त्यसमा अघि बढ्नुस्, झण्डै तीन करोड नेपालीलाई गोलबन्द गर्ने काममा लाग्नुस्, कार्यकर्तालाई प्रचण्डले भने । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs