नेपाली राजनीतिमा फेरी अर्को चमत्कार

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा हुने भनिएको एकताको आधारभूत “मोडालिटी” तयार भएको छ । लामो प्रयास र रस्साकस्सीपछि सोमबार बसेको दुवै पार्टीका अध्यक्षको “वान टु वान” बार्ताले मोडालिटीको खाका तयार पारेको हो । यो खाकालाई मंगलबार दुई अध्यक्षको वैठक फेरी बसेर टुंग्याउदै बुधबारको पार्टी एकता संयोजन समितिको बैठकमा पेश गर्ने तयारी छ । त्यस लगत्तै सरकार गठनको कामले समेत तिब्रता पाउने नेताहरुले बताएका छन् ।

  • २ अध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतका अध्यक्ष
  • पार्टी चलाउने भएकाले प्रचण्ड कार्यकारी, ओली सेरेमोनियल अध्यक्ष, सरकारको नेतृत्व
  • अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निमार्णताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुवै आधा–आधा प्रधानमन्त्री
  • दुवैले पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने
  • दुवैले मानिरहेका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने
  • सकेसम्म छिटो बिशेष महाधिवेशन गरेर औपचारिक रुपमा विषयको टुंगो लगाउने
  • त्यसअघि एकताका शैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने
  • दुई अध्यक्षसँगै बहुपद सृजना नगर्ने । सानो आकारका स्थायी कमिटि तथा पोलिटव्यूरो र केन्द्रीय समिति बनाउने । ती समितिमा दुवै तर्फका बराबर सदस्य रहने
  • मंगलबार अध्यक्षको वैठकबस्ने, सकेसम्म बुधवार पार्टी एकताको आधार (पार्टी एकता)घोषणा गर्ने,त्यस लगत्तै सरकार निमार्णको कामलाई तिब्र बनाउने
  • राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई

प्रारम्भिक सहमति अनुसार एकतापछि पार्टी द्विअध्याक्ष्मत्मक प्रणाली अन्तर्गत संचालन हुनेछ । जसमा दुवै अध्यक्ष ओली र प्रचण्ड समान हैसियतको अध्यक्ष पदमा रहनेछन् । एकता लगत्तै बन्ने सरकारको नेतृत्व गर्ने हुनाले ओली सेरेमोनियल अध्यक्ष तथा पार्टी हाँक्नुपर्ने भएकाले प्रचण्ड कार्यकारी अध्यक्षको हैसियतमा रहने सहमति भएको माओवादी उच्च श्रोतले जानकारी दियो ।

संसदको कुल ५ बर्षे कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी समेत आधा आधा गर्न ओली र प्रचण्ड सहमत भएका छन् । वाम गठवन्धन निमार्णताका पनि यस विषयमा आधारभूत सहमति भईसकेको थियो । साढे दुई बर्ष ओली प्रधानमन्त्री भएपछि उनले कार्यकारी अध्यक्ष बनेर पार्टी सम्हाल्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने बुझाई दुई अध्यक्षको बनेको छ । त्यसअघिनै महाधिवेशन भएर टुंगिएमा सोही बमोजिम हुनेमा अध्यक्षद्धय एउटै विन्दुमा पुगेको ओली निकटका एकजना यूवा नेताले जानकारी दिए ।

नेताहरुको व्यवस्थापन पछि एकताको सैद्धान्तिक आधारका विषयमा पनि दुवै पक्षबीच फरक मत थियो । तत्कालका लागि दुवैले मानेर आएको माक्र्सवाद र लेनिनवादलाई सैद्धान्तिक आधारमानी पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्न पनि नेताहरु तयार भएका छन् । पार्टीको सैद्धान्तिक आधार, संगठनात्मक संरचना जस्ता विषयको अन्तिम टुंगो भने महाधिवेशनले लगाउने छ । जसका लागि संगठनात्मक तथा सैद्धान्तिक पक्षको गृहकार्य गर्न दुई कार्यदल बनाउन समेत अध्यक्षद्वय तयार भएका छन् ।

दुई अध्यक्ष रहने भएपछि एकिकृत पार्टी बहुपदीय संरचनामा भने नजाने भएको छ । अध्यक्षद्वयसँगै पार्टीमा सानो आकारको स्थाई समिति, पोलिटज्यूरो र केन्द्रीय समिति बन्ने भएका छन् । यस्ता समितिमा दुवै पार्टीका तर्फबाट बराबर वा एक दुई जना तलमाथि हुन सक्नेगरि समितिहरु बनाउने तयारी छ ।

दुई नेताहरुले राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई दिने सहमति पनि गरेका छन् । जुन विषयमा विगतमा समेत खासै फरक मत थिए । केह ीऔपचारीक वैठकहरुमा भने एमालेका नेताहरुले आवको संसद बढी जटि हुन सक्ने भन्दै पूर्व सभामुख सुवास चन्द्र नेम्वाङलाई नै अध्यक्ष बनाउनु पर्ने प्रस्ताव गरेका थिए । 

माओवादीको भागमा पर्न आउने संभावना देखेपछि सो पदमा नेता कृष्ण बहादुर महरा र गिरिराजमणी पोखरेलले रुची देखाएको माओवादी श्रोतको दवी छ । दुवै नेताले सरकारमा अहिले स्थान नपाउने देखेपछि सभामुख भएपनि खाने मनश्थिती बनाएका हुन् । वाम एकताको यस्तो आधार तयार गरेर सार्वजनिक गरेपछि सरकार निमार्णको काममा जुट्ने नेताहरुले बताएका छन् ।

यसरी तयार भयो आधार

चुनावअघि नेताहरुले चुनाव लगत्तै पार्टी एकताको प्रकृया अघि बढाउने भनेपनि प्रगति भएको थिएन । सरकार गठन र गठवन्धनका काम सुमधुर रुपमा बिबाद रहित सम्पन्न भएपनि एकताका काम देखिनेगरि हुन सकेको थिएन ।  यसैबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक भ्रमण र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि पार्टी एकता नहुने दिशातर्फ बढेको थियो ।

त्यसको संकेत माओवादी अध्यक्ष प्रचण्डले केही दिन अघि चितवन पुगेर गरेका थिए । उनले देश र जनताको हित नहुने देखेमा आफु फड्को मार्न समेत तयार हुने बताएपछि एकताको वाताबरण सकारात्मक बनेको हो । माओवादीसंगको सहकार्य र एकता टुटेमा एमाले समेत षडकमा पुग्न सक्ने संभावनालाई औल्याउदै आईतबार मात्रै एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष ओली निवस पुगेर एकताका लागि लचिलो हुन ओलीलाई दबाब दिएका थिए ।

नेता त्रयले भने सार्वजनिक रुपमानै अध्यक्ष प्रचण्डलाई मान्न तयार रहेको मन्तव्य दिईरहेका थिए । ओलीपक्षीय भनेर चिनिएिका कतिपय दोश्रो तहका नेताहरुले भने प्रचण्डलाई अध्यक्ष मान्न नसकिने बताउदै आएका थिए । 

जनता र कार्यकताबाट अनुमोदन भईसकेको वाम एकता नगर्दा नेताहरुमा पर्ने दबाब र संभावित सत्ता समितिकरणलाई समेत मध्यनजर गर्दै पूर्ववत समझदारी अनुसार एमाले र माओवादीको एकताको मोडालिटी तयार भएको हो । यही मोडालिटी अनुसार अघि बढेमा फागुनको पहिलो हप्ता पार्टी एकताको काम सकेर दोश्रो हप्ता वाम सरकार बन्ने संभावना बढेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs