एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने निश्चित

काठमाडौं । जेष्ठ ३ गते बिहिवार नेकपा एमाले र नेकपा-माओवादी केन्द्रबिच पार्टी एकता हुने निश्चित भएको छ । पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले एकताबारे निर्णय गर्दै महाधिवेशनसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै अध्यक्ष रहने निर्णय गरेको छ।

बैठकको निर्णयबारे जानकारी दिँदै एमाले सचिव योगेश भट्टराईले केन्द्रीय समिति र स्थायी समितिको सदस्य संख्या पनि टुंगो लगाएको बताए । जस अनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा एमालेले २ सय ४१ लिने निर्णय भएको सचिव भट्टराईले बताए । यस्तै, ४३ सदस्यीय स्थायी समितिमा एमालेले २५ सदस्य लिने भएको छ। 

पार्टी एकताबारे अन्तिम टुंगो लगाउन भोलि बिहान १० बजे बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र बैठकले निर्वाचन आयोगमा प्रस्तुत गर्ने घोषणापत्र, विधान लगायत पार्टी एकता कार्यक्रमको सम्पूर्ण तयारी गर्ने सचिव भट्टराईले बताए। एकता संयोजन समितिले ल्याउने निर्णयलाई दुवै दलको अलग-अलग बस्ने केन्द्रीय कमिटीको बैठकले बैठकले अनुमोदन गर्नेछ।

दुई पार्टीबीच कति वर्षमा र कुन महिनामा एकता होला भन्ने अनिश्चय हटेर अब एकताको गन्ती केही घन्टामा आइपुगेको सचिव भट्टराईले बताए । पार्टी एकताबारे बुधबार बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको वार्तामा सहमति जुटेपछि पार्टी एकता निष्कर्ष उन्मुख देखिएको हो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs