नेकपाको चितवन पार्टी कार्यालयमा प्रहरीको छापा

चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चितवन  जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । आक्रमण शैलीमा पुगेको प्रहरीले १ कार्यकर्तासहित सामानहरु लिएर गएको नेकपाले जनाएको छ । नेकपाको चितवनको कार्यालय भरतपुर महानगरपालिका, १० स्थित भोजाडमा रहेको थियो ।

उक्त कार्यलयमा प्रहरीले जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितको कार्यालय टीममाथि प्रहरीले आक्रमण गरी नगदसहित कार्यालयका सम्पूर्ण सामानहरु कब्जामा लिएको स्रोतको दावी छ । जिल्ला कार्यालयलाई अर्को स्थानमा सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको जिल्ला इन्चार्ज बिसीले बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै कार्यालय सार्दै गर्दा प्रहरीले मध्यरात चारैतिरबाट घेरा हालेर एक कार्यकर्तासहित सामानहरु कब्जामा लिएको उल्लेख गरेका छन । जिल्ला इन्चार्ज बिसिका  अनुसार प्रहरीले नगद एक लाख रुपैयाँ, ल्यापटप एक थान, मोवाइल ६ थान, मोटरसाइलक एक थान, बिसीका कपडा चार जोड, किताब ५, कपी–डाइरी ८ थान, दैनिक उपयोग गर्ने समान लिएर गएको बताइएको छ ।

कार्लयमा हस्तक्षेप गर्दा  इन्चार्ज बिसी गम्भीर घाइते भएका छन् । उनीसँगै रहेका अर्का कार्यकर्ता बिरु तामाङलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । आफ्नो कार्यालयमामाथि प्रहरीले युद्ध शैलीबाट अाक्रमण गरेको भन्दै बिसीले आपत्ती जनाएका छन् । गिरफ्तार तामाङसँगै कब्जामा लिएका सम्पूर्ण कुराहरु फिर्ता गर्न बिसीले जोडदार माग पनि गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs