नेकपाद्वारा रामेछापमा ९९ रोपनी जग्गा कब्जा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले रामेछापमा ९९ रोपनी जग्गा कब्जा गरेको छ । ‘जिल्ला जनपरिषद् रामेछाप’को नामबाट जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको हो ।

नेकपाले ‘नेकपा (माओवादी)’ नामको ब्यानर टाँगेर जग्गा कब्जा गरेको घोषणा गरेको छ । दोरम्बा गाउँपालिका–२ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका–१ का मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ, खाँडादेवी गाउँपालिका–२ का तेजबहादुर तामाङ र रोजबहादुर तामाङको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको हो ।

२०३९ सालमा जग्गा नापीका क्रममा मालपोतका कर्मचारीलाई घुस खुवाई सर्वसाधारणको जग्गा हडपेको आरोपमा नेकपाले जग्गा कब्जा गरेको हो । जग्गामा नेकपाको झण्डा गाडेर कब्जा गरेको बताएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs