स्याङ्जा कांग्रेस सभापति पंगेनीको निधन

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जाका कांग्रेस जिल्ला सभापति कमलप्रसाद पंगेनीको निधनमा शोकस्वरुप सोमबार केन्द्रीय कार्यालयसहित ७७ वटै जिल्ला कार्यालयहरु बन्द गर्ने भएको छ । कांग्रेसले आज शोक वक्तव्य प्रकाशित गरि सोमबार पार्टीको झण्डा आधा झुकाउने जनाइएको छ ।

स्याङ्जा जिल्ला पार्टी कार्यालय ३ दिन बन्द गर्नुका साथै ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाइएको छ । केन्द्रीय कार्यालय र स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्नुका साथै १३औँ दिनमा स्याङ्जा सदरमुकाममा श्रद्धाञ्जली सभाको आयोजना गर्ने बताइएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवम् पूर्व सांसद पंगेनीको आज बिहान ५ः३० बजे स्याङ्जामा हृदयघातबाट निधन भएको थियो। बालकृष्ण उपाध्याय पंगेनी र मोहनीकुमारी पंगेनीको कोखबाट जन्मिएका स्वर्गीय पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

स्याङ्जाको भीरकोट नगरपालिका–६ का स्थायी बासिन्दा पंङ्गेनी तिन पटक कांग्रेस जिल्ला सभापति बनेका थिए। पंगेनी २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यको उम्मेदवार, २०७० को संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित र २०७४ मा स्याङ्जाको प्रदेशसभातर्फ संघीय क्षेत्र नम्बर १ ‘क’ मा पराजित भएका थिए।

उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । नेता पंगेनीलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतका नेताहरु स्याङ्जा जाने बताइएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs