४ बर्षपछि कांग्रेस पहिलो पार्टी बन्छ : कोइराला

पोखरा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले यो चुनावमा कांग्रेसले दुर्दशा व्यहोरे पनि अब जुर्मुराउने बताएका छन् । ‘कांग्रेसलाई यसपालीको चुनाव दुर्दशा सावित भयो तर पछिल्लो समय समर्थकहरु फेरि बढ्नेक्रम जारी छ,’ महामन्त्री कोइरालाले भने, ‘कांग्रेसप्रति बढेको आकर्षणलाई रोक्ने होइन अब बढाउँदै लैजाने हो ।’ अबको ४ वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उनले उद्घोष गरे । कोइरालाले विधान संशोधनमा कांग्रेस गम्भीर भएर लाग्नुपर्ने बताए ।

कांग्रेसमा बढेको आकर्षणलाई थप ऊर्जा थप्ने गरी कार्यकर्ताको सुझाव चाहिएको कोइरालाको भनाइ थियो । कांग्रेस ऐतिहासिक समयमा भएकोले कार्यकर्ताको काँधमा ठूलो जिम्मेवारी आएको कोइरालाले बताए । ‘तपाईंहरुको काँधमा ठूलो जिम्मेवारी छ । यसलाई गम्भीरतापूर्वक बहन गरेर आउँदो दिनमा कांग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने दायित्व आएको छ, कोइरालाले भने । कार्यकर्ताको सुझावलाई महासमितिले छलफल गर्ने उनको भनाइ थियो ।

विधान संशोधनका लागि राय संकलन

कांग्रेसको विधान संशोधनमा राय लिन पोखरामा प्रदेशस्तरीय भेला आयोजना गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठिन विधान संशोधन समितिले मंगलबार पोखरामा भेला गरेर सुझाव लिएको हो । विधानमाथि सुझाव दिन जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख भेलामा सहभागी छन् । भेलालाई ५ समूहमा विभाजन गरेर राय तथा सुझाव लिने काम भइरहेको छ ।

बुधबारसम्म चल्ने भेलाले गण्डकी प्रदेशस्तरीय सुझाव लिएर फर्किने छ । बन्द सत्रमा नेता कार्यकर्ताले छलफल गरेर दिएको सुझावलाई केन्द्रीय समितिमा पेश गर्ने समिति संयोजक खड्काले जानकारी दिए । कांग्रेसले सातै प्रदेशका १२ ठाउँमा विधानबारे सुझाव संकलन गर्न लागेको उनले बताए । कांग्रेसले तयार पारेको मस्यौदामा ९ सदस्यीय पदाधिकारी, सभापति पदमामात्रै निर्वाचन गर्ने र पदाधिकारी मनोनित गर्ने वा पदाधिकारीहरू पनि निर्वाचन गर्ने जस्ता कुरा मस्यौदामा समावेश गरिएको कार्यक्रम संयोजक फरमुल्लाह मन्सुरले जानकारी दिए ।

साधारण, क्रियाशील, सम्मानित र विशेषगरी ४ प्रकारका सदस्य अब कांग्रेसमा रहने गरी विधान मस्यौदा तयार पारिएको छ । केन्द्रीय समिति संख्या ८५ बाट बढाएर १ सय ३१ पुर्‍याउने व्यवस्थासमेत गर्न लागिएको मन्सुरले जानकारी दिए । सबै प्रदेशबाट सुझाव संकलन गरी मंसिर पहिलो साता काठमाडौंमा बस्ने महासमिति बैठकले नयाँ विधान बनाउने महामन्त्री खड्काले जानकारी दिए ।

मंगलबार र बुधबार गण्डकी प्रदेशको पोखरामा सुझाव संकलन गरेर असोज १२ र १३ गते बागलुङ मस्यौदामाथि छलफल तथा अन्तक्रिर्यामार्फत सुझाव लिएर समिति काठमाडौं फर्किने छ । मस्यौदा समितिले प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरेर केन्द्रीय कार्यसमिति समक्ष पेश गर्ने म्याण्डेट पाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs