संघीय संसदको दोश्रो अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको दोश्रो अधिवेशन बिहिबार मध्यरातीदेखि सकिएको छ ।बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै बिहिबार रातीदेखि नै संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

दोश्रो अधिवेशन अन्तर्गत २०७५ बैशाख २३ गते आईतबार पहिलो बैठक बसेको थियो । प्रतिनधिसभा बैठक असोज ११ गते सम्म गरि जम्मा १ सय ३५ दिन बसेको थियो । यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएका थिए ।

संघीय संसदको दोश्रो अधिवेशन संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो । यो अधिवेशनले चालु आर्थिक २०७५/७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्ताव वाहेक विनियोजन विधेयक माथि छलफल गरि सर्वसम्मत पास समेत गरेको थियो । यस अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तर्राष्ट्रिय सम्झौंता सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था बमोजिम बैठक अन्त्यको घोषणा गरिएको हो । यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव समेत सर्वसम्मत रुपमा पास गरेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs