सत्तारुढ दलकै नेताको सरकारप्रति असन्तुष्टि

काठमाडौँ  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा वरिष्ठ नेता नेपालले भ्रष्टाचार न्युनीकरण र सुशासन कायम गर्न सरकार असफल बनेको टिप्पणी असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले दुईतिहाई बहुमतको सरकारको कार्यशैलीमा जनस्तरबाटै असन्तुष्टि आउनुले असफलतातर्फ उन्मुख भएको बताएका छन् । मन्त्रीहरु समेत जनस्तरको गुनासोमा उदासिन बनेको उनको भनाई थियो । सरकारको काममा त्रुटी रहेको औँल्याउँदै नेता नेपालले त्रुटी सच्याउन ढिला गर्न नहुनेमा जोड दिए ।

उनले सरकारविरुद्ध चौतर्फी आलोचना र असन्तुष्टि सुनिन थालेको भन्दै बाटोमा हिँड्दा पनि कान थुनेर हिड्नुपर्ने अवस्था आएको बताएका छन् । जनताका कुरा र गुनासोको प्रतिवाद गर्नुको साटो कमजोरी स्वीकार गर्दै त्रुटि सुधार्नेतिर उनले सरकारका मन्त्रीहरुलार्इ आग्रह समेत गरेका छन् ।

नेता नेपाल गृहमन्त्रीको कार्यशैलीप्रति समेत असन्तुष्ट देखिएका थिए । उनले भौगोलिक अखण्डतामा खुलेआम चुनौती दिंइदा समेत सरकार मुक दर्शक बन्नु लज्जाको विषय भएको भन्दै गृहमन्त्रीमाथि आक्रोशित भएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs