Monday, 17th June, 2019

मेयर चौधरीको पक्षमा घन्कियाे नारा

विराटनगर । भ्रष्टाचारीको पक्षमा लागेपछि पत्रकारको नाकको हड्डी भाच्ने धम्की दिएर चर्चामा आएका इटहरी उप-महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पक्षमा विराटनगर विमानस्थलमै भब्य स्वागत र नारा लगाइएको छ ।

शुक्रबार काठमाडौंबाट विराटनगर आइपुगेका मेयर चौधरीलाई भ्रष्टाचार विरोधी युवाहरुको समूहले फुलमाला लगाइदिएका हुन् । उनीहरुले ‘भ्रष्टाचारको विरोध गरौ, भ्रष्टाचारी कर्मचारी चाहिँदैन, अघि बढ्नुस् मेयरसाप जनता तपाईको साथमा छन्, जथाभावी कमल चलाउन पाइँदैन, द्वारिकलाल चौधरी जिन्दावाद’ भन्दै नारा लगाए ।

उनीहरुले दर्जनौ ब्यानर नै बनाएर मेयर चौधरीको पक्षमा प्रदर्शन गरेका छन् ।
हाल मेयर चौधरीको पक्ष र विपक्षमा तर्कहरु आइरहेका छन् । मेयरको विपक्षमा भन्दा पनि पक्षमा धेरै जनताको आवाज आइरहेको छ । सामाजिक सञ्जालमा पनि मेयरको पक्षमा कमेन्टहरु आइरहेका छन् ।

मेयर चौधरीले स्थानीय विराट अनुपम नामक पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएका थिए । हातमा कलम छ भन्दैमा सूचना र मिडियालाई दुरुपयोग गरिएको भन्दै हाल पत्रकारहरुको पनि विरोध गरिएको छ । 

केही खराब चरित्रका पत्रकारका कारण पत्रकारिता पेशा नै घृणित बनेको छ । पत्रकारहरुमाथि बेला-बेला यस्ता आरोप र आलोचना आउने गरेको छ । तर अहिले बढी नै आलोचना भइरहेको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News