Monday, 17th June, 2019

प्रधानमन्त्री युरोप भ्रमणका लागि जेनेभा प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमणका लागि आजसाँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलगायत २० जनाको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली साँझ साढे ७ बजे युरोपका लागि स्थान गरेका हुन् 

टोलीमा ट्रेड युनियनका प्रतिनिधि  सांसद पनि सहभागी हुँदैछन् । प्रधानमन्त्री ओली आइतबार स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को साधारणसभामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने छ । 

जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फौत ओक्ते र नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गसँग भेटवार्ता गर्नेछन् । त्यस्तै स्वीट्जरल्याण्डका पूर्व संघीय काउन्सीलर एवम् संघीय गृह विभागका प्रमुख अलाईन बर्सेटसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही अबसरमा प्रधानमन्त्री ओली आईएलओका महानिर्देशकले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछन् ।

त्यसैगरी जेठ २७ गते प्रधानमन्त्री ओली बेलायत जाने कार्यक्रम छ । त्यहाँ उनले अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ भने उनले बीबीसी वर्ल्ड सर्भिसलाई अन्तर्वार्ता दिनेछन् । बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी टेरिजा मेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 

उनी जेठ २९ गते फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । फ्रान्समा रहँदा जेठ १३ गते प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी एडुवार्ड फिलिपेसँग दुईपक्षीय हितका विषयमा कुराकानी गर्नेछन् । साथै त्यहाँका व्यापारी तथा लगानीकर्ताहरुसँग प्रधानमन्त्री ओलीको भेटघाट कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओलीको भ्रमण टोलीमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलगायत सहभागी हुनेछन् । नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News