Friday, 20th September, 2019

नेता पराजुली र कल्पना धमला नेकपा प्रवेश गर्दै

काठमाडौं । पूर्व नयाँ शक्त्ति पार्टीका नेता देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेसँगै उनीहरु असन्तुष्ट थिए ।

बिहीबार पार्टी प्रवेश कार्यक्रम राखिएको छ । धमलाले पनि नेकपा प्रवेश गर्न लागेको स्वीकार गरिन् । ‘नयाँ वैकल्पिक शक्ति चाहिएको छ र हामी त्यो बनाउन हिँडेको पनि हो । त्यसमा कुनै पश्चाताप छैन’ धमलाले भनिन्, ‘तर कोर्स बदलेर सबै एकै ठाउँमा आएपछि कुनमा आवद्ध हुने भन्ने प्रश्न मात्र रह्यो ।’

हिजोको माओवादीको मूल नेतृत्व नेकपामा रहेकाले त्यहाँ आवद्ध हुन लागेको उनले बताइन् । धमला डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी विज्ञान प्रविधि मन्त्री भएकी थिइन् । धमलासँगै नेकपा प्रवेश गर्न लागेका देवेन्द्र पराजुली उनका पति हुन् ।

यसैगरी गण्डकी प्रदेश सांसद दीपक मनाङे भोली नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्दैछन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली एक कार्यक्रमका बिच मनाङेलाई पार्टी प्रवेश गराउने तयारी छ । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News