Wednesday, 20th March, 2019

नेप्सेद्वारा वाइकोलाई ४८ घण्टे स्पष्टीकरण

काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालिलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबार स्पष्टीकरण सोधेको छ । अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या आई कारोबार नै अवरुद्ध हुन थालेपछि क्रूद्ध बनेको नेप्सेले वाइकोलाई सोमबार लिखित स्पष्टीकरण सोधेको हो ।

दुई दिनभित्र जवाफ दिन भनी सोधिएको स्पष्टीकरणमा के कारणले अनलाइनमा पटक पटक समस्या आइरहेको हो भन्ने विषयमा प्रष्ट पार्न भनिएको छ । कारण र कमजोरीको विषयमा समेत जवाफ मागिएको पत्रमा आगामी दिनमा अनलाइन कारोबार प्रणालीमा कुनै समस्या हुन नदिनका लागि वाइकोबाट प्रतिबद्धता समेत मागिएको छ ।

 

वाइकोले बनाएर नेप्सेलाई हस्तान्तरण गरेको अनलाइन सेयर कारोबार प्रणाली सुरु भएदेखि नै समस्याग्रस्त बन्दै आएको छ । समस्या समाधान हुनुको साटो नयाँ नयाँ समस्या आई सिस्टम नै क्र्यास हुने अवस्था भएपछि आइतबार दिउँसो १२ः४१ बजेदेखि लगानीकर्ताले कारोबार गर्न पाएका थिएनन् ।

नेप्सेको आइटी समूह र भेण्डर कम्पनी वाइकोका प्राविधिकहरुले आइतबारको समस्या समाधान गरेका थिए । सोमबार समेत कारोबारको सुरुवातमा सिस्टममा सामान्य गडबडी देखिएको थियो । सिस्टमले काम नगरी लगानीकर्ता कारोबारबाट बञ्चित भएसँगै नेप्सेको आइतबार साँझ बसेको उच्च व्यवस्थापनको बैठकले वाइकोलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यता, नेप्सेले वाइकोलाई स्पष्टीकरण सोधिरहेकै बेला अर्थ मन्त्रालयले अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाप्रति पहिलोपटक औपचारिक चासो दिंदै धितोपत्र बोर्डलाई पत्र लेखेको छ । अर्थले बोर्डलाई अनलाइन कारोबार प्रणालीको नियमित अनुगमन गर्न र प्रभावकारी बनाउने काममा लाग्न निर्देशन दिएको हो ।

यही बेला केही लगानीकर्ताले अनलाइन कारोबार प्रणालीको विश्वसनीयता, त्यसमा गरिएको खर्च र भेण्डर कम्पनीको नियतमा समेत प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News