Wednesday, 20th March, 2019

शेयर बजारमा कारोबार ५० करोड नाघ्यो

काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा चर्को विरोधपछि उद्योगी र बैंकरहरुले सोमबार संयुक्त रुपमा  स्प्रेडदर घटाउने विषयमा छलफल गरेसँगै यसको प्रभाव शेयर बजारमा देखिएको छ ।

व्यवसायीले स्प्रेडदर र शेवा शुल्कमा एकरुपता कायम गर्न बैंकरहरुलाई अनुरोध गरेका थिए । व्यवसायीको अनुरोधलाई सकारात्मक भन्दै व्याजदर घटाउने विषयमा प्रयत्न गर्ने भन्दै बैंकरहरुले आस्वस्थ पार्न खोजेका थिए । 

बैंकर र व्यवासायीको छलफलपछि व्याजदर घट्ने आकलनले दोस्रो बजारमा मंगलबार २०.३३ अंकले सुधार देखिएको छ । बजारमा सुधारको संकेत देखिएसँगै औसतमा २० करोड रुपैयाँको मात्रै कारोबार हुँदै आएकोमा आज ५० करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । 

गत आइतबार तीन वर्ष यताकै सबैभन्दा तल्लो विन्दु कायम भएको थियो ।११०० अंकको विन्दुबाट बजार बढ्न थाले पछि छ कारोबार दिनमा ६३.२६ अंकले बढेको छ । १.७८ प्रतिशतले सुधार देखिदा नेप्से सूचक ११६३.२६ विन्दुमा रोकिएको छ ।

मंगलबार १७६ वटा कम्पनीको कारोबार हुँदा १९ वटा कम्पनीको बजार मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको बजार मूल्य बढेको छ । सबै सूचक तथा उपसूचक उकालो लाग्दा बाणिज्य बैंकको सूंचक २२ अंकले बढेको छ । अधिकांश बाणिज्य बैंकको बजार मूल्य धेरै नै घटिसकेको हुँदा लगानीकर्ताको आकर्षण बाणिज्य बैंकहरुमा देखिएको छ ।

सबैभन्दा धेरै एनसिसी बैंकको तीन करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । बजार मूल्य बढ्ने क्रममा तीन वटा कम्पनीको कारोबारमा सर्किट लागेको छ । सिनर्जी पावर, सपोर्ट माइक्रोफाइनान्स र हिमालयन पावर पार्टनरको कारोबारमा सर्किट लागेको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News