Wednesday, 20th March, 2019

५ लाख माथिको कारोबारमा मात्र प्यान अनिवार्य

काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताका लागि मात्र स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने धितोपत्र बोर्डले निर्णय गरेको छ ।बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख १ गतेदेखि सेयर खरीद गर्दा लगानीकर्ताले स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था साना लगानीकर्ताको हकमा भने ऐच्छिक मात्र हुने निर्णय गरिएको प्रष्ट्याएको हो ।

‘बि.सं. २०७६ बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा रु.५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैशाख १ गतेबाट दोश्रो बजारमार्फत शेयर खरीद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएकोमा बोर्डले लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निश्कर्ष र नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी यस्तो निर्णय गरिएको बोर्डको प्रष्टोक्ति छ ।

लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोवारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने बोर्डको अपेक्षा छ । लगानीकर्ताका विभिन्न संघसंगठनहरुले सबै लगानीकर्ताको हकमा स्थायी लेखा नम्बरको व्यवस्था हाललाई ऐच्छिक गरिनुपर्ने माग गर्दै आएका थिए । अर्थ मन्त्रालय समेतको सुझावका आधारमा बोर्डले बीचको बाटो रोजेको देखिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News