Thursday, 18th April, 2019

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६ अंकले बढेर ११८२.३६ को विन्दूमा फर्किएको दिन कारोबार रकम ५४ करोड माथि पुगेको छ भने एनआइसी एशिया बैंकका लगानीकर्ता मालामाल भएका छन् ।

तेश्रो त्रैमासको वित्तीय विवरणका आधारमा लगानीकर्ताहरुले कम्पनीले चालु आर्थिक वर्षका लागि दिनसक्ने लाभांशको अनुमान गर्ने गर्छन् । अधिकांश वाणिज्य बैंकहरुको तेश्रो त्रैमासिक रिपोर्ट उत्साहप्रद आउने आशामा लगानीकर्ताहरुले बजारबाट न्यून विन्दूमा पुगेका वाणिज्य बैंकका सेयर छानीछानी उठाउन थालेका छन् । यहीकारण आइतबार वाणिज्य बैंक समूहको सूचकमा २.७५ प्रतिशतको उछाल देखिएको छ ।

वाणिज्य बैंकका लगानीकर्ताहरुको दिन फिर्दा एनआइसी एशिया बैंकको सेयरमा लगानीकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । तेश्रो त्रैमासको एनआइसी एशियाको वित्तीय विवरण तथा प्रगति अरु बैंकभन्दा राम्रो आउने लगानीकर्ताको अपेक्षा छ।

यसअघि हरेक त्रैमासिक रिपोर्टमा प्राय धेरै सूचकमा नम्बर वान बन्दै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तेश्रो त्रैमासमा भने केही कमजोर हुनसक्छ । कारण, यो बैंकले यही अवधिमा सहुलियत कर्जामा विशेष ध्यान दिएको छ, जसमा निकै कम ब्याजदर तोकिएको छ । यसले समेत राबा बैंकको समग्र आम्दानीमा यो त्रैमासमा केही असर पर्नसक्छ ।

यसो हुँदा वाणिज्य बैंकमध्ये एनआइसी एशिया, नवील र नेपाल इन्भेष्टमेन्ट बैंकबीच राम्रो वित्तीय विवरण पस्किने विषयमा राम्रै प्रतिस्पर्धा देखिनसक्छ। यहीकारण, वाणिज्य बैंकको सेयरमा एकाएक आकर्षण देखिएसँगै राम्रा कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.४१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.५२ अंकको बढोत्तरी भएको छ ।

यो दिन वाणिज्य बैंक(बैंकिङ) समूह २८.१९ अंकले बढेको छ भने होटल समूहमा १३, विकास बैंक समूहमा १५, बित्त समूहमा १.७८ र जीवन बिमा समूहमा ०.१२ अंकको बढोत्तरी भएको छ । यो दिन जलविद्युत समूहमा २.७५ अंक, निर्जीवन बिमा समूहमा १९.२१ अंक, उत्पादनमूलकमा ५.८२ अंक र माइक्रोफाइनान्स समूहमा ०.९५ अंकको गिरावट आएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News