Monday, 17th June, 2019

एक सातामा नेप्से ३४ अंकले झर्यो

काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले घटेको छ । साताभरी शेयर बजार ओरालो झर्दा १३१९.४७ विन्दुबाट १२८४.५९ अंकमा रोकिएको छ । बजेट आएसँगै शेयर बजार थप बढ्ने अपेक्षा गरिएकोमा संसदमा बजेटको छलफल हुँदै गर्दा शेयर बजार भने लगातार घट्न थालेको हो ।

बजेटले शेयर बजारको सम्पूर्ण विवादलाई निरुपण गरेको भनिए पनि बजारमा भने यसको खासै प्रभाव देखिएको छैन ।  बजार घटिरहेको भएपनि कारोबार रकम उल्लेख्य मात्रामै भएको थियो । तर बिहीबार सूचक ४.६९ अंकले घट्नुका साथै कारोबार रकम पनि ५८ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ ।

शेयर बजार घटिरहेको भएपनि हरेक कम्पनीको शेयर खरिद बिक्रीको लागि खरिद तथा बिक्री चाप दुबै बढेको छ । एक महिना अगाडि शेयर खरिद गरेकाहरुले बिक्री गर्न खोज्दा बिक्री चाप बढेको छ भने बजार विस्तारै सुधार हुँदै जाने हल्लाले खरिदका लागि माग बढिरहेको छ । सूचक र कारोबार रकम बढे पनि माग हेर्दा लगानीकर्ताहरुले उचित मौका हेरेर बसेको एक ब्रोकरले बताए ।  

बिहीबार नेप्सेको डिस्प्लेमा केहि समय समस्या देखिएको थियो । डिस्प्लेमा समस्या आउनु अगाडि हरियो देखिएको बजार डिस्प्लेमा समस्या देखा परेसँगै शेयर बजार ह्वात्तै घट्न पुगेको थियो । कम्पनीको बजार मूल्य थाहा पाउन ब्रोकरको टिएमएस हेर्नु पर्ने अवस्था थियो । साथै अनलाईन कारोबार गर्नेले आफुले खरिद बिक्री गर्न चाहेको कम्पनी मात्रै हेर्न पाउँछन् ।

यसै अवधिमा शेयर बजार ओरालो लागेको हो । डिस्प्लेको समस्या हटेपनि बजार भने सुधार हुन सकेन । बिहीबार सबैभन्दा धेरै शिवम सिमेन्टको ७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । बजार घटेपनि चार वटा कम्पनीको शेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ ।

सबैभन्दा धेरै बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, वर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् । सबैभन्दा धेरै फाइनान्सको सूचक तीन प्रतिशतले बढेको छ । होटल, विकास बैंक, अन्य र म्युचुअल फण्डको सूचकमा सुधार आएको छ भने बाँकीको घटेको छ ।

मर्जरको हल्लासँगै फाइनान्सको शेयरमा एकाएक उछाल आएको हो । नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याउने र सानातिना फाइनान्स र विकास बैंक मर्जरको प्रकृयामा जाने आँकलनसँगै लगानीकर्ताको आकर्षण फाइनान्समा देखिएको हो । झण्डै आधार मुल्यका हाराहारीमा रहेका फाइनान्स बाणिज्य बैंक सँग गाभिएका खण्डमा राम्रो प्रतिफल पाउन सकिने भन्दै लगानीकर्ता फाइनान्सको शेयरमा आकर्षित भएका हुन् ।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News