Friday, 20th September, 2019

शेयरबजार बजार प्रवेश गर्नलाई सुवर्ण अवसर

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ । बजेटपछि बढ्ने अपेक्षा विपरित बजार घट्न थालेपछि लगानीकर्ता अलमलमा परेका छन् । यद्यपी शेयरबजारले बुलिस बाटो तय गरिसकेकोले नब प्रबेशिहरुलाई सुनौलो मौका भएको छ ।

कारोबारीहरुले नाफा बुक गर्नुका साथै जेठ मसान्तको कर्जा भुक्तानीतर्फ बजारले चाप खेपेपनि असार लाग्नासाथ नेप्सले उचाई छुने संकेत देख्न सकिन्छ । बुधबारको कारोबारमा १७४ कम्पनीको ५० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ लाख ७१ हजार ८०९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

१२ समूहको कारोबार भएकामा ३ वटा समूहको सूचक हरियो देखिएको छ । व्यापारिक समूह ११.७ अंकले बढेको छ । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ६१.३४ अंकले घटेको छ । कारोबार रकममा ग्लोबल आइएमई संस्थापक शेयरको अग्रता छ । कारोबार रकममै दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट्स र प्रभु बैंक परेका छन् ।

यस दिन साल्ट ट्रेडिङ लिमिटेडको सबैभन्दा धेरै १०प्रतिशले बढेको छ । धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता परेका छन् । यसको भाउ ७.०९ प्रतिशतले घटेको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News