Tuesday, 21st January, 2020

लगातारको छलाङपछि शेयर बजारमा करेक्सन

काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको छ। सुरुवाति कारोबार सामान्य बढेपनि पछि बजार सुस्ताएको थियो। यद्यपी दिनभरी नै बजार सुचकमा उतारचढाब देखिएको थियो।

बजार साढे ७ अंकले घटे पनि कारोबार रकम भने अर्ब नाघेको छ। यद्यपी अघिल्ला दिनको तुलनामा कारोबार रकम घटेको छ। दिनभरीमा १ अर्ब २ करोडको किनबेच भएको छ। शेयर बजार निरन्तर बढेका कारण मंगलबार करेक्सन भएको ब्रोकरहरु बताउँछन्।

दोस्रो त्रैमासिकको अन्तिम दिन भएका कारण ब्याज र करतिर लगानीकर्ता लागेकाले पनि बजारमा करेक्सन भएको उनीहरुको तर्क छ। सूचक १२ सय ६३ अंकमा ओर्लिएको छ।

बैंकिङ र बीमा क्षेत्रले साथ नदिँदा शेयर बजार घटेको हो। बाणिज्य बैंकहरुको सूचक १०.३६ अंकले झरेको छ भने जीवन बीमाको ५१.६६ र निर्जीबन बीमाको ४८.८ अंकले घटेको छ। लघुवित्तको सूचक पनि घटेको छ। विकास बैंक र फाइनान्सको भने सामान्य बढेको छ।

सबैभन्दा बढि प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ। बैंकको १२७ रुपैयाँ कित्ताका दरमा ११ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसपछि नागरिक लगानी कोषकको २२०५ रुपैयाँ कादरमा ७ करोड २२ लाख ३९ हजार रुपैयाँको शेयर किनबेच भएको छ।

सूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशन र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। मञ्चुरी फाइनान्सको ९ प्रतिशतले बढेको छ। घट्नेमा दिब्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावरलगायत १०० कम्पनी छन्। कुल ४७ कम्पनीको शेयर मूल्य बढेको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News