उपराष्ट्रपति कप महिला फुटबलको उपाधि एपीएफलाई

काठमाडौं । उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। सातोवाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै उपाधि जितेको हो। एपीएफका लागि सावत्रिा भण्डारीले ह्याट्रिक गरेकी थिइन्। जारी प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायमै राख्दै उपाधि जित्न सफल हुँदा आर्मीले आज पहिलो हार व्यहोरेको हो।

पहिलो हाफको ४० औं मिनेटमा गोल गर्दै सावित्राले सुरुवाती गोल गरेकी थिइन्। पहिलो हाफमा एक गोलले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने १ गोल खायो। ४९ औं मिनेटमा आर्मीकी पुनम मगरले बराबरी गोल गरेकी थिइन्।

त्यसपछि सावित्रालले ५४औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकि थिइन् ।उपाधि विजेता एपीएफले नगद २ लाख पाउँदा उप विजेता भएको आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ। यसैगरी रौतहटले तेस्रो हुँदै ५० हजार प्राप्त गरेको छ।

आजै उपाधि होड बाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो। पुलिसका लागि निरु थापाले ह्याट्रिक सहित ४ गोल गर्दा, निर्मला उपाध्यायले २ गोल गरिन्। यसैगरी घिमकुमारी गुरुङ, निर्मला विक र मञ्जु गुरुङले एक एक गोल थपेका थिए। आजको जितसँगै ३ अंक जोडेको पुलिसले चौथो स्थानमा रहँदै लिग सकाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs