उरुग्वेलार्इ पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । क्वार्टरफाइनलमा उरुग्वेलार्इ २-० गोलअन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । २००६ पछि पहिलो पटक फ्रान्सले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि नकआउट चरणमा अर्जेन्टिनालाई पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रबेश गरेको थियो ।

खेलको ४०अौं मिनेटमा राफेइल भरानेले फ्रान्सलार्इ हेडर गोल मार्फत सुरुवाती अग्रता दिलाएका थिए । रोड्रिगो बेन्टान्कुरले कोरिन्टिन तोलिसोलार्इ फउल गरेपछि पाएको फ्रिकिक एन्टिनियो ग्रिजम्यानले प्रहार गरेका थिए । उनले फ्रिकिक मार्फत डी बक्स भित्र उपलब्ध गराएको बलमा राफेइलले हेडर गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।

६२ अौं मिनेटमा ग्रिजम्यानले डी बक्सको बाहिर २५ यार्ड टाढाबाट प्रहार गरेको सट सिधै उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेराको हातमा गएको थियो । तर, मुस्लेरोले बल कलेक्ट गर्न सकेनन् र उनको हातमा लाग्दै माथि उठेर बलले जाली चुम्यो।

खेलको विजेता टोलीले सेमिफाइनलमा बेल्जियम वा ब्राजिलमध्ये एकको सामना गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । ब्राजिल र बेल्जियमबीच यसखेल पछि भिडन्त हुँदैछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs