केन्याविरुद्ध नेपालको ३ विकेटको रोमाञ्चक जित

काठमाडौं । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले हराएको छ । आइतबार आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गरेको नेपालले सोमबार लगातार दोस्रो जित हात पार्यो । 

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई १७७ रन मात्र बनाउन दियो । केन्याका लागि ओपनरद्वय इरफान करिम र एलेक्स ओबान्डाले मात्र उत्कृष्ट शुरुवात गर्दै क्रमश ४२ र ४१ रन बनाए । केन्याको ब्याटिङ लाईन ध्वस्त पार्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए ।

उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । सन्दिपले जारी प्रतियोगितामा हालसम्म कुल १६ विकेट लिईसकेका छन् । उता जवाफी लक्ष्य पछ्याएको नेपालले भने ४९.५ ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाउँदै रोमाञ्चक जित हात पार्न सफल भयो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४७ रन बनाए ।

त्यस्तै कप्तान पारस खड्का र आरिफ शेखले समान ४२–४२ रनको महत्वपूर्ण योगदान दिए । सोमबारको नतिजासँगै नपाल ४ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानमा रहेको क्यानडाको समान ६ अंक छ र नेट रनरेटका आधारमा शिर्ष स्थानमा छ । क्यानडाले एक खेल कम खेलेको छ । 

यो जितसँगै नेपालले यसै बर्ष जिम्बाब्वेमा हुने विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाएको छ । प्रतियोगिता अन्तरगत नेपालले आफ्नो अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
More Jobs