कोउटिन्होको बर्सिलोना यात्रा लिभरपुलले महसुस गर्‍यो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल स्वान्सीसँग पराजित भएको छ । गतसाता अपराजित रहेको म्यानचेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग १-० को पराजय भोग्दै अंक तालिकाको चौथो स्थानमा खुम्चिन बाध्य रहयो ।

खेलको पहिलो हाफको अन्तिमतिर स्वान्सीका लागि फेडेरिको फर्नान्डेजको असिस्ट्मा अाल्फी मवसनले गरेको गोल जितको लागि पर्याप्त रहयो । यस हारसँगै लिभरपुलले चौथो स्थानमा ५ अंकको अग्रता लिने अवसर गुमायो । लिभरपुलले सिटीलाई हराउँदै फिलिप कोउटिन्हो बार्सिलोना प्रस्थान गरेपछि समस्या हुने कुरलाई गलत साबित गरेको थियो ।

तर सोमबार मोहमद सलाह, रोबर्टो फिर्मीनो र साडियो मानेले अपेक्षाकृत प्रदर्शन गर्ने सकेनन् । स्वान्सीले पनि राम्रो डिफेन्स गर्दै विपक्षी टोलीलाई कुनै मौका दिएन । अंक तालिकामा लिभरपुल २४ खेलमा ४७ अंक जोड्दै चौथो स्थानमा छ भने पुछारमा रहेको स्वान्सीले २० अंक जोड्दै रेलिगेसन क्षेत्रबाट ३ अंक पछाडि छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
More Jobs