नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौँ  आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा आज भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो ।

यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो ।यता जितसँगै स्कटल्याण्ड भने ६ अंक जोड्दै समूह ‘बी’ बाट सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । १५० रनको चुनौती पाएको स्कटल्याण्डले ४१ दशमलव तीन ओभरमा ६ विकेट गुमाउदै १५३ रनको योगफल बनायो । 

स्कटल्याण्डको जितमा केल कोत्जरले सर्वाधिक ८८ रनको योगदान दिए भने वालेसले १७, कलुम म्यालेओडले १५ तथा म्याथ्यु क्रसले १४ रन जोडे । नेपालका वसन्त रेग्मी र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए भने ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे । 

त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा समेटियो । नेपाली टोलीको कप्तान पारस खड्काबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान खड्काले सर्वाधिक ६३ रनको योगदान दिएका हुन् । उनले ७५ बलमा ११ चौकाको मद्दतमा ६३ रन बनाएका हुन् । 

त्यसैगरी सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रन जोडे भने वसन्त रेग्मी २४ रनमा नटआउट रहे । दीपेन्द्र सिंह ऐरी एक तथा शरद भेषावकर शून्यमा आउट भए भने आरिफ शेखले २ रन जोडे । स्कटल्यान्डका ह्वीटिङ्घमले ३ विकेट लिए भने सरिफले २ विकेट लिए । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs