पोर्चुगलको फुटबल टोली रुस पुग्यो

मस्को । विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ ।

युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा खेल्ने कार्यक्रम रहेको छ । रोनाल्डो र उनको टोलीलाई रुसमा परम्परागतरुपमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई क्राटोभोमा बस्ने व्यवस्था गरिएको छ । क्राटोभो मस्कोदेखि ४० किलोमिटर टाढा पर्दछ ।

रियल म्याड्रिडका खेलाडीलाई प्रहरीले विमानस्थलमा अवतरण गरेदेखि नै कडा सुरक्षाको व्यवस्था गरेको छ । फिफाको बरियता क्रमअनुसार पोर्चुगल चौथो नम्बरमा पर्दछ । स्पेन, पानामालगायतका देशका खेलाडी भने यसअघि नै रुस आइपुगेका छन् । अन्य कतिपय देशका खेलाडी आउने क्रम जारी छ ।

अहिले विश्वको ध्यान विश्वकम आयोजक राष्ट्र रुसतर्फ खिचिएको छ । फुटबलको महासंग्राम मानिने विश्वकप प्रतियोगिता रुसले पहिलो पटक आयोजना गरेको हो । २१औँ संस्करणको विश्वकप यही जुन १४ देखि जुलाई १५ सम्म हुन लागेको हो । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs