फिफा वरियतामा एक नम्बरमा रहेको जर्मनी घर फर्किदै

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन जर्मनी रुस विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा मंगलबार साँझ दक्षिण कोरियासँग २-०ले पराजित हुदैँ जर्मनी समूह चरणबाटै बाहिरिएको हो। किम योङ ग्योङले ९२ अौं मिनेटमा गरेको गोललार्इ भिडियो एसिस्टेन्ट रेफ्री(भार) सहायतामा दिइएपछि चारपटकको विश्व विजेता जर्मनी प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो।

थपिएको समय सकिनै लाग्दा जर्मनीका गोलकिपर मानुउल निउर मैदानको मध्यभागमा पुगेको अवस्थामा जु सी जोङले बललार्इ कन्ट्रोल गर्दै फरवार्ड हिङ मिनलार्इ दिएपछि उनले खाली पोस्टमा दोस्रो गोल गर्दै जर्मनीलार्इ विश्वकपबाट बाहिरको बाटो देखाएका हुन्। १९३८ पछि जर्मनी पहिलोपटक विश्वकपको दोस्रो चरणमा पुग्न असफल भएको हो। ८० वर्षअघि स्विट्जरल्याण्डसँग ४-२ले पराजित बन्दै जर्मनी दोस्रो चरणमा प्रवेश गर्न असफल रहेको थियो। 

फिफा वरियतामा एक नम्बरमा रहेको जर्मनीले समूह एफको पुछारमा रहँदै विश्वकपको अन्त्य गरेको छ । म‌ंगलबार साझ नै भएको खेलमा स्वीडेनले मेक्सिकोलार्इ ३-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो। पराजित भएपनि मेक्सिको भने अंकतालिकामा दोस्रो बन्दै नकअाउट चरणमा पुग्यो ।

योसँगै विश्वकपका डिफेन्डिङ च्याम्पियनहरु अर्को विश्वकपको समूह चरणबाट बाहिरिने ह्याट्रिक संयोग बनेको छ। २००६ को च्याम्पियन इटाली २०१० को समूह चरणबाटै बाहिरिएको थियो भने २०१० को च्याम्पियन स्पेन २०१४ को समूह चरणबाटै बाहिरिएको थियो।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs