ब्राजिल दोस्रो चरणमा प्रवेश, अब मेक्सिकोसँग भिड्ने

काठमाडौं  ब्राजिल र स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन्। पाँच पल्टको विश्व च्याम्पियन ब्राजिल २–० गोल अन्तरले सर्वियालाई पराजित गर्दै समूह ‘इ’ को शीर्षस्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको हो । ब्राजिलले समूह चरणको तीन खेलमध्ये २ मा जित र एक बराबरी राख्दै ७ अंक बटुलेको छ । बुधबार मध्यराती भएको खेलमा ब्राजिलको जितमा पाउलिन्हो र थियागो सिल्भा नायक सावित भए।

पाउलिन्होले पहिलो हाफको ३६ मिनेटमा सर्वियाका दुई सेन्टर डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गरे। फिलिप काउटिन्होले दिएको लामो पासमा पाउलिन्होले पहिलो गोल गरेका थिए। अर्को गोल ६८ मिनेटमा कर्नर किकमार्फत प्राप्त बललाई हेडिङबाट सिल्भाले गरे। समूह चरणको अर्को खेलमा कोस्टा रिकासँग २–२ को बराबरी खेलेको स्विट्जरल्यान्ड तीन खेलमा ५ अंक बटुल्दै दोस्रो चरण प्रवेश गर्यो।

उसले एक खेलमा जित र दुई खेल बराबरीमा राख्यो। ३१ मिनेटमा डेजेमाइलीको गोलमा स्विट्जरल्यान्डले पहिलो हाफमा अग्रता लिएको थियो। तर, ५६ मिनेटमा केन्डल वाट्सन गोल फर्काउन सफल भएपछि कोस्टा रिकाले खेललाई बराबरीमा राख्यो। कोस्टा रिकाले ४ सय २४ मिनेटपछि विश्वकपमा गोल गरेको हो। यसअघि उसले २०१४ मा ग्रीसविरूद्ध अन्तिम १६ को खेलमा गोल गरेको थियो।

स्विट्जरल्यान्डले ८६ मिनेटमा जोसेप डार्मिजको गोलमा पुनः एक पल्ट अग्रता लियो। तर, अतिरिक्त समयको ९२ मिनेटमा आफ्नै गोलकिपरको गल्तीका कारण स्विट्जरल्यान्डले २–२ गोलमा खेल समाप्त गर्यो। कोस्टा रिकाले अतिरिक्त समयमा पाएको पेनाल्टी ब्रायन रुइजले प्रहार गरेका थिए। तर, उनको पेनाल्टी गोल पोस्टमा लागेर फर्किएको अवस्थामा स्विस गोलरक्षक यान सोमेरको टाउकोमा लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो।

विश्वकपमा गोलकिपरको नाममा आत्मघाती गोल भएको यो तेस्रो अवसर हो। यसअघि नोएल भालाडारेसले २०१४ र आन्डोनी जुबिजारेटाले १९९८ मा आत्मघाती गोल गरेका थिए।

ब्राजिलले अव प्रिक्वाटरमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। मेक्सिको बुधबार नै भएको समूह ‘एफ’ को खेलमा उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको थियो। यो समूहको खेलमा दक्षिण कोरियाले विश्व विजेता जर्मनीलाई २–० ले पराजित गर्दै सनसनी मच्चाएको थियो। कोरियाको जितका कारण मेक्सिको दोस्रो चरण प्रवेश गरेको हो। यही समूहको विजेता स्विडेनविरूद्ध स्विट्जरल्यान्डले प्रतिस्पर्धा गर्नेछ।

समूह ‘इ’ मा राम्रो टोली भएपनि ब्राजिलविरूद्ध पराजय भोगेपछि सर्विया प्रतियोगिताबाट बाहिरिएको छ। उसले यसअघि तीन अंक बटुलेको थियो र अन्तिम १६ मा स्थान पाउन उसले ब्राजिलाई रोक्नु पर्ने बाध्यता थियो। नेइमारले सर्वियाविरूद्धको खेलमा १ सय १९ पल्ट बललाई टच गरेका थिए, जुन यो विश्वकपमा अरु देशका खेलाडीले एउटै खेलमा विपक्षी टोलीविरूद्ध गरेको बल टच भन्दा २१ बढी हो। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs