मेक्सिकोलाई हराउदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । विश्वकप अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । खेलको ५१ औं मिनेटमा विलियनको सुन्दर पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटतिर नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित र ब्राजिलको अन्तिम ८ मा स्थान सुनिश्चित गरे । ब्राजिल र मेक्सिकोले खेलभरी लगभग बराबर पोजेसन राखेका थिए, तर ब्राजिलको १० प्रहारको बदलामा मेक्सिकोले १ प्रहार मात्र पोस्टतिर गरेको थियो ।

ब्राजिल समूह ‘ई’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको हो भने मेक्सिको समूह ‘एफ’ को उपविजेता रहेको हो । अब ब्राजिलले बेल्जियम र जापानको विजेतासंग क्वाटरफाइनलमा भिड्नेछ । यस अघि उरुवे, फ्रान्स, रुस र क्रोएसिया अन्तिम ८ मा सफल भइसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना, स्पेन र डेनमार्क बाहिरिएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs