स्पेन र पोर्चुगल नकआउट चरणमा

काठमाडौं । विश्वकप फुटवल अन्तरगत स्पेन र पोर्चुगल नकआउट चरण अर्थात अन्तिमा १६ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा बराबरी खेल्दै स्पेन र पोर्चुगलले समुहका तीन खेलबाट ५-५ अंक जोड्दै अन्तिमा १६ मा प्रवेश गरेका हुन ।

मंगलवार भएको समुह बी को खेलमा स्पेनले मोरक्कोसँग २-२ गोलको बराबरी खेलेको थियो । ९० मिनेटसम्म २१ ले पछि परेको स्पेनका लागि ईयागो आसपासले ईन्जुरी समयमा बराबरी गोल गरेका हुन् । बराबरीपछि स्पेन समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ । अर्को चरणमा स्पेनले समुह ए को उपविजेता रुसको सामना गर्नेछ ।

Nepal Live

मंगलवार नै भएको अर्को खेलको १४ औं मिनेटमा मोरक्कोका खालिद बौताएबले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । १९ औं मिनेटमा ईस्कोले एक गोल फकाउँदै खेल बराबरी गरे । दोस्रो हाफको ८१ औं मिनेटमा योसुफ एन नेसिरीले एक गोल गरेपछि खेलमा मोरक्कोले दोस्रो पटक अग्रता लियो ।

 

ईरान र पोर्चुगलबिचको खेलमा नकआउट चरणमा पुग्न इरानले खेल जित्नै पर्ने अवस्था थियो भने पोर्चुगललाई बराबरी काफि थियो। पोर्चुगलले क्वारिज्माको गोलबाट अग्रता लिएपछि इरानले पोर्चुगलको पोस्टमा लगातार आक्रमण गरेको थियो। त्यसक्रममा इरानी खेलाडी आक्रमक रुपमा उत्रिएका थिए। जसले गर्दा खेल तीव्र गतिमा हुनुका साथै फल बढीका थिए।

 

खेलमा स्टार खेलाडी रोनाल्डो पनि विवादमा परे। उनले इरानका मोर्टेजा पौरालीगान्जीमाथि फल गरेपछि इरानले फलको अपिल गरिएको थियो। रोनाल्डोले मोर्टेजाको अनुहारामा हातले समातेका थिए। त्यसपछि रेफ्रीले रोनाल्डोको फल हेर्न भिएआरको सहायता लिए। भिएआर रिभ्यूपछि रेफ्रीले रोनाल्डोलाई पहेँलो कार्ड देखाएका थिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs