विराटनगर वारियस र भैरहवा ग्लाडियटर्स इपिएलको फाइनल

काठमाडौं । एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायर्समा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स फाइनल प्रवेश गरेको छ। भैरहवाले अब उपाधिका लागि शनिबार हुने फाइनलमा विराटनगर वारियसको सामना गर्नेछ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। सो लक्ष्यको पिछा गर्ने क्रममा भैरहवाले १८ औं ओभरको समाप्तीमा १ सय १५ रन बनाएको थियो। १२ बलमा १८ रन आवश्यक रहेको बेला १९ औं ओभरमा बलिङ लिएर आएका रसिद खानले पहिलो बलमा क्रिजमा जमेका पुनित मिश्रालाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए।

११ बलमा ३ चौका प्रहार गरेर १६ रन जोडेका भैरहवाका भारतीय खेलाडी पुनितलाई पवेलियन फर्काएसँगै ७ विकेट लिएपछि ललितपुरले खेल आफ्नो पक्षमा आएको ठान्यो। तर, त्यही ओभरमा एउटा क्याच छुट्नु ललितपुरका लागि महंगो सावित भयो।

१९ औं ओभरको चौथो बलमा रसिद खानलाई भैरहवाका रोहितकुमार पौडेलले सिधा छक्का प्रहार गर्न खोजे। सो बल बाउन्ड्रीमा रहेका कुशल भुर्तेलको हातमा गयो तर क्याच छुट्यो।

त्यो क्याच छुट्नु ललितपुरका लागि निकै महंगो भयो। पछि अन्तिम ओभरमा १३ रन आवश्यक भैरहवालाई पहिलो र दोस्रो बलमा छक्का प्रहार गर्दै रोहितले भैरहवालाई फाइनलमा पुर्याए। भैरहवाको जितको नायक बनेका रोहित १७ बलमा २८ रनको पारी खेल्दै नटआउट रहे। त्यो भैरहवाको इनिङको दोस्रो सर्वाधिक स्कोर थियो। त्यसअघि उसका भारतीय खेलाडी प्राथम शुक्लाले ३२ रन जोडेका थिए।

बलिङ तर्फ ललितपुरका मुख्य बलरहरु पनि महंगा साबित भए। सन्दीप लामिछानेले २ ओभरको स्पेलमा ३३ रन खर्चिएका थिए। त्यस्तै, दिनेश भण्डारीले ३.३ ओभरमा ३७ रन खर्चिए। उसका ललित राजवंशीले भने किफायती बलिङ गरे। ४ ओभरको स्पेलमा ललितले १ मेडन राख्दै ९ रन खर्चिएर २ विकेट लिएका थिए।

त्यसअघि अन्तिम ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै ललितपुरका भारतीय खेलाडी दिनेश भण्डारीले २० रन जोडेपछि ललितपुरले १ सय ३२ रन जोडेको थियो। ९ बलको सामना गरेका उनले २२ रन जोडे । त्यस अघि ललितपुरका ओपनर जयकिसन कोल्सावाले सर्वाधिक ४२ रनको पारी खेले। ३७ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै, उसका सन्नी पटेलले २४, ज्ञानेन्द्र मल्लले २०, शंकर रानाले १२ रन जोड्दा सोनु तामाङ १० रनमा नटआउट रहे। भैरहवाका पुनित मिश्राले २ तथा हरिशंकर साह, भुवन कार्की र आरिफ सेखले समान १ विकेट लिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs