नेपालद्वारा यूएइ ४ विकेटले पराजित

काठमाडौं । नामिबियामा जारी आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालले कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ ।

जितसँगै‌ नेपाल अ‌क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । नेपालले तीन खेलबाट चार अ‌क जाेडेकाे छ। शीर्षस्थानमा रहेकाे क्यानडाले तीन खेलबाट ६ अ‌क बटुलेकाे छ। ६ टाेली सहभागी प्रतियाेगिताकाे शीर्ष २ टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनाेटमा पुग्नेछन्।

पहिलाे खेलमा नामिबियालाइ एक विकेटले हराएकाे नेपाल दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे। नेपालले अाफ्नाे तेस्राे खेलमा साेमबार केन्याकाे सामना गर्ने छ। ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला शुरुवात भई ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर यूएइलाई ब्याटिङको निम्तो दिएको थियो। 

टस जितेर पहिला बलिङ गरेकाे नेपालले यूएइलाइ ३१ अाेभरमा एक सय १४ रनमा समेटेकाे थियाे । ११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गर्‍यो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले सम्हालेका थिए ।

दिपेन्द्र सिंह ऐरी र शरद भेषावकरले पनि उनलाई साथ दिन सकेनन् र ४६ रन जोड्दा ४ विकेट गुमाइसकेका थियो । दिपेन्द्र ४ र शरद ५ रनमा आउट भएका थिए । तर, आरिफ शेखले पाँचौं विकेटका लागि पारससँग ३० रनको साझेदारी गरे । ४२ बलमा दुई चौका र पाँच छक्का मदतमा अर्धशतक पुरा गरेका पारस ५१ रनमा आउट भए ।

आरिफले छैटौं विकेटका लागि रोहितकुमार पौडेलसँग ३० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आरिफ छैटौं विकेटका रुपमा १६ रनमा आउट भएका थिए । रोहित १२ र सोमपाल १० रनमा अविजिवत रहे ।नेपालले २८ अाेभर पाँच बलमा ६ विकेट गुमाएर लक्ष पुरा गरेको थियो। 

त्यसअघि यूएइलाइ सस्ताेमा समेट्न नेपालका साेमपाल कामीले चार , सन्दिप लामिछानेले तीन तथा पारस खड्काले दुइ तथा करन केसीले एक विकेट हात पारे।

यूएईले एक रन जोड्दा असफाक अहमदलाई सोमपाल कामीले बोल्ड आउट गरे। सोमपालले लगातार तेस्रो खेलमा विपक्षिको पहिलो विकेट लिएका हुन्। उनले पहिलो ओभरको तेस्रो बलमा असफाकलाई गोल्डेन डक आउट बनाए । यूएईले २५ रन जोड्दा दोस्रो विकेट गुमाएकाे थियाे ।

सोमपालले १६ रनमा खेलिरहेका विकेटकिपर घुलाम सब्बिरलाई क्याच आउट गराए। सोही स्थितीमा करनले रोहन मुस्ताफालाई सात रनमा आउट गरे। १८ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् ।

उनले अाफ्नाे तेस्राे अाेभरमा साइमान अनवरलाइ ब्यक्तिगत ३० रनमा अाउट गरे। तीन खेल खेलेकाे केन्याले एक र दुइ खेल खेलेकाे नामिबियाले पनि एक अ‌क जाेडेकाे छ। अाेमानकाे दुइ खेलबाट दुइ अ‌क छ। अर्काे खेलमा नामिबिया र अाेमान भिडिरहेका छन्। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs