नेपाललाई एकदिवसीय विश्वकप छनोटको मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसीय मान्यता पाएसँगै नेपाली क्रिकेट टिमले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा भइहरेको आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीमाथि ६ विकेटको सानदार जितसँगै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराएपछि नेपाल कान्छो एकदिवसीय मान्यता प्राप्त टिम बनेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २२ वर्षमा नेपाली क्रिकेटले धेरै उतारचढाव बेहोर्‍यो । सन् २००८ मा डिभिजन–५ मा रहेको नेपालले १० वर्षको बीचमा एकदिवसीय मान्यता हासिल गरेको हो । 

 

विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले प्लेअफको पहिलो खेलमा पपुवा न्यूगिनी-पीएनजीमाथि ६ विकेटको फराकिलो जित हात पारेको छ । जितसँगै नेपालले एकदिवसीय मान्यता पाउनका लागि नेदरल्याण्ड र हङकङबीच जारी प्लेअफको अर्को खेलको नतिजा कुरेको थियो ।

नेदरल्याण्डले उक्त खेल जितेमा नेपालले सोझै एकदिवसीय मान्यता पाउनेछ भने हङकङले जितेमा नेपालले हङकङसँग शनिबार एकदिवसीय मान्यताका लागि खेल्नुपर्नेछ । सातौं स्थानका लागि हुने उक्त खेलको विजेताले एकदिवसीय मान्यता पाउनेछ । उक्त खेलमा नेदरल्याण्डले दिएको १ सय ७५ रनको लक्ष्य हङकङले पछ्याइरहेको छ । 

विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो  । पीएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ अोभरमा ४ विकेट गुमाएर भेटाएको थियो । नेपालका दीपेन्द्रसिंह एेरीले ५० रन जोडेका थिए । ५८ बलको सामना गरेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । 

यस्तै, अारिफ सेखले २६ तथा पारस खड्काले २० रन जोडे भने अनिलकुमार साह ९ र ज्ञानेन्द्र मल्ल १ रनमा अाउट भएका थिए।  पीएनजीका नोर्मन भाउवले २ तथा एलेइ नाव र जोन रेभाले समान १-१ विकेट लिएका थिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले २७.२ अोभरमा सवै विकेट गुमाएर १ सय १४ रन जोडेको थियो। पीएनजीका चाल्स जोर्डन अामिनीले सर्वाधिक १९ रन जोडे। उनीसँगै जोसन किलाले १५ तथा अशोदल्लाह भाला, चाड सोपुर र किपलिन डोरिगाले समान १० रन जोडेका थिए। 

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह एेरीले समान ४-४ विकेट लिए। ४.२ अोभर बलिङ गरेका दीपेनद्रले १४ रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै, ८ अोभर बलिङ गरेका सन्दीपले २९ रन खर्चेर ४ विकेट लिएका थिए। उनीसँगै सोमपाल कामी र करण केसीले पनि एक विकेट हात परे। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs