पेनाल्टीमा जित हात पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

काठमाडौं । विश्वकपको इतिहासमा पहिलोपटक पेनाल्टी सुटआउटमा जित हात पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गरेको हो । योसँगै क्वार्टरफाइनलमा इंग्ल्याण्डको भेट स्वीडेनसँग हुने भएको छ । 

निर्धारित समयमा १–१को बराबरीमा रोकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।पहिलो पेनाल्टी इंग्ल्याण्डका ह्यारी केन र कोलम्बियाका राडामिल फाल्कोवले परिणत गरेका थिए । दोस्रो पेनाल्टी पनि कोलम्बियाका जाउन काउडार्डो र इंग्ल्याण्डका माकोर्स रसफोर्डले परिणत गरे ।

तेस्रो पेनाल्टी कोलम्बियाका लुइस मुरियलले परिणत गरेपनि जोर्डन हेन्र्डरसनको प्रहार कोलम्बियाका गोलरक्षकले बचाएपछि इंग्ल्याण्डपछि परेको थियो। लगत्तै कोलम्बियाका माटुस उरिबीले प्रहार गरेको चौथो पेनाल्टी बारमा लागेर फिर्ता आयो र फेरी बराबरी भयो।

इंग्ल्याण्डको चौथो पेनाल्टी प्रहार गर्न आएका किरण ट्रिपरले खेललाई ३–३ को अवस्थामा पुर्याएका थिए । कोलम्बियाका कार्लोस बाक्काले प्रहार गरेको पाँचौ पेनाल्टी इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्ड बचाए पछि इंग्ल्याण्डका इरिक डियरले अन्तिम पेनाल्टी परिणत गर्दै २००६ पछि इंग्ल्याण्डलाई पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गराए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs