Wednesday, 20th March, 2019

दोस्रो एकदिवसिय क्रिकेटमा भारत विजयी

काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराएको हो ।

टर हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सवै विकेट गुमाएर दुई सय ५० रन बनाएको थियो । दुई सय ५१ रनको विजयी लक्ष्य पक्ष्याएको पाहुना टोली अष्ट्रेलिया ४९.३ ओभरमा सबै विकेटमो क्षतिमा दुई सय ४२ रनमा समेटियो ।

भारतका कप्तान विराट कोहलीको सतकीय रनको प्रदर्शन गरे । करियरको ४० औं वानडे सतक प्रहार गरेका कोहलीले एक सय १६ रन बनाए । विजयी शंकरले ४६, शिखर धवन र रवीन्द्र जडेजाले समान २१, अम्बाटी रायडुले १८ र केदार जाधवले ११ रन बनाए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले चार विकेट लिए । एडम जम्पाले दुई, नाथन कुल्टर नाईल, ग्लेन म्याक्सवेल र नाथन लायनले एक एक विकेट झारे ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ५२ रनको योगदान दिए । पिटर हेन्डस्कम्बले ४८, उस्मान ख्वाजाले ३८, फिन्चले ३७, एलेक्स केरीले २२ र सन मार्सले १६ रन बनाए ।

बलिङमा भारतका कुलदिप यादवले तीन वकेट लिए । जसप्रित बुमराह र विजय शंकरले समान दुई दुई तथा केदार जाधव र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए । यस जितसँगै भारतले पाँच वानडे सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो खेल शुक्रबार हुनेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News