Friday, 20th September, 2019

नेपाललाई हराउँदै भारत पाँचौं पटक साफ च्याम्पियन

विराटनगर । भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल(साफ) महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । विराटनगरमा भर्खरै सम्पन्न साफको पाँचौं संस्करणको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै भारत पाँचौं पटक साफ च्याम्पियन बनेको हो ।

यसअघिका चारै संस्करणको उपाधि समेत भारतले जितेको थियो। नेपाल भने चौथोपटक महिला साफको फाइनलमा भारतसँग पराजित भएको हो । सुरुवाती तीन संस्करणमा पनि नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । भारतसँगको पराजयसँगै घरेलु मैदानमा साफको उपाधि उचाल्ने नेपाली सपना समेत चकनाचुर भएको छ।

विराटनगरको शहीद रंगशालामा हजारौं दर्शक उपस्थित खेलमा भारतले फ्रिकिकमार्फत सुरुवाती अग्रता लिएको थियो। खेलको २६औं मिनेटमा हिराकुमारी भुजेलले फउल गरेपछि भारतले पाएको फ्रिकिकमा ३० यार्डबाट सुन्दर गोल गर्दै डालिमा छिब्बरले पाहुना टोलीलाई अघि बढाएकी थिइन् ।

त्यसको ७ मिनेटपछि सावित्रा भन्डारी ‘साम्बा’को हेडर गोलबाट नेपाल खेलमा फर्कियो । सावित्राले गिता रानाको पासमा हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् । राष्ट्रिय टोलीबाट २७औं खेल खेल्दै सावित्राको २६औं गोल गरिन् । पहिलो हाफमा प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा भने नेपालले लय गुमाएको थियो ।

खेलको ६३औं मिनेटमा ग्रेस ड्ङमेईले सन्ध्या रंगनाथनको पासमा नेपाली गोलकिपर एन्जिला सुब्बा र डिफेन्डरलाई बिट गर्दै भारतलाई पुन:अग्रता दिलाइन् भने ७८औं मिनेटमा अन्जु तामाङले डी बक्सभित्रबाट सहज गोल गर्दै भारतको अग्रता दोब्बर पारेकी थिइन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News