Friday, 20th September, 2019

विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप छनोटको एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ  । आइतबार भएको पत्रकार सम्मेलनमा  कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । 

नेपाली टोलीको छनोट आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन् । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको लागि फाइनल खेल जुलाईमा सिंगापुरमा  हुनेछ । जुलाई २२ देखि २८ सम्म हुने एसियाको छनोटमा आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत खेल्नेछन् । 

नेपालले जुलाई २३मा पहिलो खेल कतारसँग खेल्नेछ । यस्तै दोश्रो खेल  मलेसियासँग, तेश्रो खेल कुवेतसँग र चौथो खेल सिंगापुरसँग खेल्नेछ।  शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा ग्लोबल छनोट आयोजना हुनेछ।  युएई आयोजकको रुपमा ग्लोबल छनोटमा पुगीसकेको छ ।

टोलिमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर तथा सोमपाल कामी रहेका छन् ।वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख तथा जितेन्द्र मुखिया  रहेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News