June 24, 2017, 4:06 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

आर्मी र एपिएफको विजयी सुरुआत

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दोस्रो नयाँबजार कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
 
नयाँबजार सोसल ग्राउन्डमा बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले आयोजक नयाँबजार सामाजिक युथ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। आर्मी क्लबले सजिलो जित हात पार्ने क्रममा आयोजकलाई २५-९, २५-२२, २५-८ अंकले हरायो।
 
दोस्रो खेलमा एपिएफ क्लबले ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबलाई २५-९, २५-१२, २५-८ को सोझो सेटमा पाखा लगायो। यसअघि आयोजक कमिटी र कलाकारबीच भएको मैत्रीपूर्ण खेलमा आयोजक २-१ सेटले विजयी भएको थियो।
 
चार दिनसम्म चल्ने उक्त प्रतियोगिताको उपाधि विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कार हात पार्नेछ। उपविजेताले ६० हजार एक सय ११ रुपैयाँ पाउनेछ।
 
यसैगरी तेस्रो हुने टोलीले ३५ हजार एक सय ११ र चौथो हुने टोलीले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार हात पार्ने आयोजकले जनाएको छ।  प्रतियोगिताको उत्कृष्ट खेलाडीले पनि पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछ। यसैगरी उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरले जनही तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
 
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकलाई पनि चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।  प्रतियोगिताको उद्‌घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले गरेका थिए।  उद्‌घाटन समारोहमा विभिन्‍न संघसंस्था र प्रायोजकलाई सम्मान पनि गरिएको थियो।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार