June 24, 2017, 4:04 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

फ्रान्सलाई हराउँदै जर्मनी सेमीफाइनलमा

रियो द जेनेरियो । फ्रान्सलाई हराउँदै जर्मनी विश्वकप २०१४ को अन्तिम चारमा प्रवेश गरेको छ । तीन पटकको विजेतासहित ७ पटक फाइनल खेलेको जर्मनले फ्रान्सलाई १-० गोल अन्तरमा हराएको हो।

विसौ संस्करणको विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा फ्रान्सलाई हराउनेक्रममा जर्मनीले खेलको १२ औ मिनेटमा गोल गरेको हो। टोनीको फ्रिकिकमा माट्स हुमल्सले उत्कृष्ट हेड गर्दै गोल गरेका हुन्।

पछिल्ला ५ संस्करणमा समूहगत चरणमात्रै पार गरेको फ्रान्स १९५८, ८२, ८६ र २००६ मा सेमिफाइनलसम्म पुगेको थियो। यस्तै फ्रान्सले सन् १९९८ को विश्वकप ट्रफि पनि हात पारेको थियो। अब सेमीफाइनलमा जर्मनीले ब्राजिल र कोलम्बियाको बिजेतासँग खेल्नेछ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार