June 24, 2017, 4:00 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

लिभरपुलमाथि आर्सनलको प्रभावशाली जित

 बलियो प्रतिद्वन्द्वी लिभरपुललाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा आर्सनलले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सुरुवातदेखि नै लिभरपुललाई दबावमा राखेको थियो । तर, गोलका लागि भने ३७ औं मिनेटसम्म कुर्नु परेको थियो ।

हेक्टर बेलरिनले गोल गरे । तीन मिनेट लगतै ओजिलले फि्र किक गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा एलेक्स सान्चेजले गोल गरेपछि पहिलो हाफमा आर्सनल ३-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ७६ औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो, जसमा हेण्डरसनले गोल गरे । तर, खेलको ८४ औं मिनेटमा इम्रेले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सिमित भयो ।

खेलको अन्तिमतिर जिराउडले उत्कृष्ट गोल गर्दै आर्सनललाई ४-१ को महत्वपूर्ण जित दिलाए ।

जितपछि आर्सनल ३१ खेलबाट ६३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर चेल्सीको ६७ अंक छ र उसले दुई खेल कम खेलेको छ । ३० खेल खेलेको सिटी ६१ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार