एनालग सिष्टममा सञ्चालित सबै टेलिभिजन बन्द

इटहरी । सञ्चार मन्त्रालयका इञ्जिनियर अनिल भुजेलको नेतृत्वमा रहेको टोलीले छडके अनुगगमन गरी इटहरीमा एनालग सिष्टममा सञ्चालित सबै टेलिभिजन बन्द गराएको छ । मोरङको बिराटनगर र सुनसरीको ईटहरीमा सो टोलीले छडके अनुगमन गरी एनालग सिष्टममा सञ्चालित केवल नेटवर्कहरुमा छापा मारी बन्द गराएको हो ।

सोही क्रममा इटहरी मा रहेको पशुपति केवल नेटवर्क र सुनसरी केवल नेटवर्कमा सो टोलीले छडके अनुगमन गरी बन्द गराएको छ । पटक पटक डिजिटल प्रविधिमा जान अनुरोध गर्दा पनि नटेरेपछि टोलीले अनुगमन गरी बन्द गराएको हो ।

पशुपति केवलले एनलग बन्द गरेका जानकारी गराएर सञ्चालन गरिरहेको पाईएपछि तत्काल बन्द गराइएको छ भने सुनसरी केवलको कार्यलयमा सिलबन्दी गरेको छ । यी दुई नेटवर्कमा एनलग सिष्टम बन्द गरेपछि प्रदेश १ मा रहेका एनालग सिष्टमका सबै टेलिभिजन बन्द भएका छन ।

सञ्चार मन्त्रालयले गत २०७५ बैशाख १५ गतेदेखि नै सम्बन्धित केवलहरूलाई पत्रचार गरी तत्काल एनलग सिस्टम बन्द गर्न आग्रह गरेको थियो । एनालग बन्द भएपछि अब च्यानल हेर्न अनिवार्य सेटअप बक्स खरीद गरीनुपर्ने ईन्जिनियर भुजेलले बताएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs