क्यान इन्फोटेक मेला माघ ११-१६ भ्रिकुटिमन्डपमा हुँदै

काठमाडौं । विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्ने उदेश्य सहित यही माघ  देखि क्यान इन्फोटेक प्रविधि मेला हुने भएको छ ।  कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानले काठमाडौंमा आइतबार  पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । 

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष  रहने बताइएको छ ।  मुख्य प्रदर्शन कक्षमा ४९ वटा ठूला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदर्शनी कक्ष, ओपन स्पेश १४ तथा फुड कक्ष १० तथा अन्य गरी कूल २२२ कक्ष रहने जानकारी दिइयो । 

मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ ।  सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने क्यानका अध्यक्ष हेमन्त चौरसियाले बताए ।  महासंघका महासचिव रञ्जीतकुमार पोदारले मेलाका लागि छुट्टै प्याभिलियन कक्ष राखेको, सफ्टवेर प्याभिलियनका लागि ४४ वटा कक्षलाई विशेष सहुलियतमा उपलब्ध गराइएको बताए ।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
More Jobs